विश्वका ठूला १० विद्युतीय गाडी उत्पादकलाई नेपाल ल्याउने, कर सहुलियत र निःशुल्क जमिन दिने

काठमाडौं । सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउन प्रयास गर्ने बजेट मार्फत घोषणा गरेको छ । आज आएको आगामी आर्थिक वर्ष २०७८/७९को बजेटले विद्युतीय कार उत्पादकलाई नेपालमा नै गाडी उत्पादन गर्न प्रोहोत्साहन गर्ने घोषणा गरेको हो ।

बजेटले सन् २०८८ सम्ममा नेपालमा विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्ने योजना सहित सवारी साधनको पाट्सहरु उत्पादन गर्न चाहने उद्योगको लागि कर सहुलियत र निःशुल्क जमिनको व्यवस्था गर्ने घोषणा गरेको हो ।


Back_to_top