काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९को बजेटले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई विद्युतीय बनाउँदा छुट पाउने भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्दै त्यसको लागि आवस्यक बजेटको व्यवस्था गरिएको जनाएका हुन् ।
तत्काल यसरी परिवर्तन गरिएका गाडीमा लाग्ने वार्षिक कर ५ वर्षसम्म नलाग्ने बजेटले व्यवस्था गरेको बजेटले सन् २०८८ सम्ममा नेपालमा विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्न विज्ञहरुको समूह निर्माण गरेर काम गर्ने बजेटमा घोषणा गरिएको छ ।


