काठमाडौं । टाटा नेक्सनको वास्तविक रेञ्ज सार्वजनिक भएको छ । भारतीय अटोवाइल रिसर्च एसोशिएसन अफ इन्डियाले नेक्सनको रेञ्ज ३१२ किलोमिटर प्रमाणित गरेको थियो ।
दिल्ली प्रदेश सरकारले नेक्सन इभीले आफ्नो वास्तविक रेञ्ज ढाँटेको कुरा बाहिर आएको थियो । त्यसपछि कम्पनीले विभिन्न किसिमका बाटा र मौसममा यसको परिक्षणपछि यसको वास्तविक रेञ्ज बाहिर ल्याएको हो ।
विभिन्न एजेन्सीहरुको सहयोगमा गरिएको परिक्षणले नेक्सनले हाइवेमा २०१ किलोमिटर र सहरी क्षेत्रमा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने तथ्य बाहिर आएको हो । कम्पनीले सार्वजनिक गरेको यो रेञ्ज न्यूनतम अवस्थामा पनि यति गुडाउन सकिन्छ भन्ने हो ।
टाटा नेक्सन इलेक्ट्रीक एसयूभी चाँडै नेपाल पनि आउने बताइएको छ । टाटाको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभी नेपाल ल्याउने छ ।
टाटा नेक्सन फिचर लोडेड रहेको छ । यसमा सनरुफ, कनेक्ट कार फिचर, ७ इन्चको टीएफटी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, हर्मनको ८ वटा स्पीकर, ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टीभीटी, मल्टी ड्राइभ मोड लगायतका फिचर पाउन सकिन्छ ।
नेक्सनको अधिकतम पावर १२९ पीएस रहेको छ भने यसको पीक टर्क २४५ एनएम रहेको छ । यो कारले सून्यदेखि १०० किलोमिटरको रफ्तार ९.९ सेकेन्डमा भेट्टाउन सक्नेछ । सून्यदेखि ६० किलोमिटरको स्पीड भने ४.६ सेकेन्डमा भेट्टाउन सक्छ ।

