नयाँ अवतारमा किया स्पोर्टेज

काठमाडौं । कोरियन अटो कम्पनी कियाले आफ्नो पाँचौ जेनेरेशन स्पोर्टेज एसयूभीको टिजर सार्वजनिक गरेको छ । कम्पनीले आगामी जुलाईमा यसको कोरियाबाट ग्लोवल प्रिमियर गर्ने भएको छ । सार्वजनिक भएको तस्विरलाई आधारमान्दा नयाँ स्पोर्टेजमा इन्टेरियर र एक्सटेरियरमा व्यापक परिवर्तन गरिएको देखिन्छ ।

नयाँ जेनेरेशन स्पोर्टेज कियाको नयाँ डिजाइन फिलोसोफिमा आधारित रहेको छ । यसको डिजाइन झट्ट हेर्दा साधारण लाग्ने तर, आक्रमक देखिएको छ । साथै यसमा कियाले प्रयोगमा ल्याएको नयाँ लोगो निकै आकर्षक देखिएको छ ।

नयाँ स्पोर्टेजको बडी डिजाइन निकै मस्कुलर रहेको छ । यसको अगाडि युनिक सार्प हेडल्याम्प डिजाइन रहेको छ । यसको अगाडि पट्टी अग्रेसिभ टाइगर नोज वाइड फ्रन्ट ग्रिल रहेको छ । पछाडि पनि यूनिक डिजाइनको एलइडी टेल लाइटको साथै स्लोपिङ रियर विण्डस्कृन दिइएको छ ।

इन्टेरियर पनि निकै उत्कृष्ट रहेको देखिन्छ । ड्यासबोर्डमा ड्यूल स्कृन ड्यासबोर्डका साथै टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।

निकै आकर्षक देखिएको कियाको स्पोर्टेज नेपालमा पनि निकै रुचाइएको एसयूभी हो । नयाँ जेनेरेशन मोडल पनि निकट भविष्यमा नेपाल आउने छ ।


Back_to_top