काठमाडौं । याडिया ब्राण्डको आधिकारीक वितरक कुजु नेपाल प्रालिले तीन नयाँ मोडलका इलेक्ट्रीक स्कुटर एकै पटक बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि नै नेपाल ल्याएको जी५ र सि१एसको अलावा अर्को नयाँ मोडल एस-लाइक पनि ल्याएको हो ।
निषेधाज्ञाको कारण विक्री सुरु हुन नपाएको अन्य दुई मोडलसँगै एस लाइक पनि विक्री सुरु हुने भएको हो । याडिया एस लाइकमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२ सय वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर २ हजार वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ ।
प्रतिघन्टा ५० किलोमिटरको स्पीडमा दौडन सक्ने क्षमता रहेको एस लाइकमा ४० भोल्ट, २४ एम्पीएरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले आफ्नो वेभ साइटमा उल्लेख गरेको छ ।
यसमा डबल ब्याट्रीको सुविधा समेत उपलब्ध रहेको छ । यो ब्याट्रीको चर्जिङ लाइफ साइकल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता फिचर दिइएको छ । जसले चाँडो व्याट्री खराव हुनबाट जोगाउँछ ।
याडिया एस-लाइकमा ४.२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । कम्पनीले नेपाल ल्याएको तीन मोडल मध्य एस लाइक सबैभन्दा कम मूल्यको स्कुटर हो । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकेर विक्री सुरु गर्ने भएको छ ।


