अटोमोवाइल क्षेत्रका कामदारलाई कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडाको माग

काठमाडौं । नाडा अटोमोवाइल्स एसोशिएसन अफ नेपालले वर्कशप, शोरुम तथा स्पेयर पार्टस जस्ता व्यवसायमा काम गर्ने व्यवसायी, कर्मचारी तथा मजदुरको लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नाडाले कोरोना भाइरसको दोश्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले २०७८ बैशाख १६ गतेदेखि लकडाउन जारी गरेको र क्रमिकरुपमा खुकुलो पार्दै लगेको समयमा यस क्षेत्रमा कार्यरत सरोकार वालालाई खोपको व्यवस्थागरि काम गर्ने वातावरण निर्माण गर्न माग गरेको हो ।

नाडा माहासचिव सुनिल रिजालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई व्यवसायीक वातावरण निर्माण गर्न सरकारसँग अपिल गर्दछौ ।’


Back_to_top