काठमाडौं । जगदम्बा मोटर्सले मलेसियन ब्राण्ड प्रोटोनको एसयूभी ‘एक्स(७०’ नेपालमा आधिकारीकरुपमा विक्री सुरु गरेको छ । बैशाखको पहिलो हप्ता नै नेपाल आएको भएपनि कोभिड १९ को दोस्रो लहरको कारण विक्री सुरु हुन पाएको थिएन ।
प्रोटोन एक्स ७० मा १.५ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।
कम्पनीले भर्चुयल माध्यमबाट एक कार्यक्रम आयोजनागरि एक्स ७० को विक्री सुरु गरेको हो । कम्पनीले यसअघि प्रोटोनको पहिलो मोडलको रुपमा सागा सेडान नेपाल ल्याएको थियो । एक्स ७० कम्पनीको नेपालमा दोस्रो मोडल हो ।
टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा नेपाल आएको एक्स ७० स्टायडर्ड सुरुवाती भेरियन्ट हो । यसको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । यो भेरियन्टमा टु ह्वील ड्राइभ सिस्टम रहेको छ । त्यसैगरि टु ह्वील ड्रइभमा नै एजुकेटीभ भेरियन्ट उपलब्ध रहेको छ । यसको मूल्य ९१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

एजुकेटीभ भेरियन्टलाई ग्राहकले अलह्वील ड्राइभ अप्सनमा पनि खरिद गर्न सक्ने छन् । यसको मूल्य ९६ लाख ९९ हजार तोकिएको छ । कम्पनीले एक्स ७० को टप भेरियन्ट प्रिमियम पनि नेपालमा विक्री गर्ने छ । यसको मूल्य १ करोड ४ लाख ९९ हजार तोकिएको छ । याे भेरियन्टमा टु ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेकाे छ ।
एक्स ७० को स्टायडर्ड भेरियन्टमा ६ वटा एयरव्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ स्पीकर, रियर भ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।
प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ ।
एजुकेटीभ भेरियन्टमा एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, १८ इन्च अलोय ह्वील, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, लेदर सिट, ८ स्पीकर, ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।
प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ । प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ समेत उपलब्ध रहेको छ ।
प्रोटोन एक्स ७० मा १.५ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।
सुरक्षाको लागि सबै भेरियन्टमा ६ एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, ट्रायाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोनोमस इमेर्जेन्सी ब्रेक, फरवार्ड कुलिङ वार्निङ, क्रुज कन्ट्रोल, व्लाइन्ड स्पर्ट इन्फर्मेशन सिस्टम, डोर वार्निङ, इन्टेलिजेनट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर जस्ता फिचर रहेका छन् ।

