काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा विक्री भइरहेको नयाँ जेनेरेशन हुन्डाई टुसान लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने भएको छ । कम्पनीले टुसानको एउटा भिडियो सार्वजनिक गर्दै चाँडै नेपाल आउने उल्लेख गरेको हो । कम्पनी स्रोतका अनुसार जुलाई अन्तिम वा अगस्ट पहिलो साताबाट नयाँ टुसानको विक्री सुरु हुनेछ ।
हुन्डाईले चौथो जेनेरेशन टुसान नेपाल ल्याउन लागेको हो । नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ ।
राउन्ड ड्यासबोर्ड दिइएको यो एसयूभीमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, ट्रेडिसनल गियर लिभरलाई परिवर्तनगरि बटम प्रदान गरिएको छ ।
यसमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसि भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा १.६ लिटर टर्बो पेट्रोल, २.५ लिटर पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिनमा टुसान उपलब्ध रहेको छ । तर, नेपाल कुन इन्जिनमा आउँदैछ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।


