काठमाडौं । हिजोदेखि परिरहेको अविरल वर्षाले देशका मुख्य राजमार्ग अबरुद्ध भएका छन् । काठमाडौंदेखि नारायणगढसम्मको मुख्य राजमार्ग थुप्रै स्थानमा अवरुद्ध भएको छ ।
मुग्लीन-पोखरा अन्तर्गतको पृथ्वी राजमार्गपनि तनहुँका विभिन्न स्थानमा गएको पहिरोका कारण अबरुद्ध भएको छ । त्यसैगरि बुटवल-पाल्पा जोड्ने सिद्धबाबा सडकखण्ड पनि पहिरोको कारण रोकिएको छ ।
अझै तीन दिनसम्म लगातार वर्षा हुने जलतथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । यस्तोमा थप समस्या आउन सक्ने भन्दै सबैलाई सावधान अपनाउन विभागले अपिल गरेको हो ।


