गाडीको परिक्षण गर्न बन्यो एशिया कै सबैभन्दा लामो ट्रयाक

काठमाडौं । भारतको इन्दौर सहरमा एशियाकै सबैभन्दा लामो हाइ स्पीड ट्रयाक निर्माण भएको छ । मध्य प्रदेशको इन्दौरमा बनेको यो ट्रयाकको लम्बाई ११.३ किलोमिटर रहेको छ ।

विश्वकै ५ औं लामो यस ट्रयाकमा भारतमा उत्पादन हुने गाडी र त्यसमा लाग्ने विभिन्न कम्पोनेन्टको परिक्षण हुने बताइएको छ । भारतमा बढ्दो अटोमोवाइल प्लान्ट र ठूला उत्पादकको उपस्थिति रहेसँगै सरकारले नै यो ट्रयाक निर्माण गरेको हो ।

भारतमा उत्पादन हुने कारको सुरक्षामा विशेष जोड दिदै आएको सरकारले अव गाडीको हाई स्पीड परिक्षण गराउने छ । नेशनल अटोमोटिभ टेस्ट ट्रयाकमा अब सबै किसिमका सवारी साधन परिक्षण हुने छन् । ४ लेनमा विकास गरिएको यो ट्रयाक अन्डा आकारमा निर्माण गरिएको छ ।

यसको चौडाई १६ मिटरको रहेको छ । ट्रयाकमा २५० देखि ३७५ किलोमिटर प्रतिघन्टाको स्पीडमा गाडी परिक्षण गर्न सकिने छ ।

यसमा कम्पनीहरुले आफ्नो साधनको स्पीड, ब्रेक, इन्धन खपत, स्टेविलिटी, ह्याण्डलिङ, आवाज, भाइब्रेसन, अन्य सुरक्षा फिचरको परिक्षण गर्न सक्ने छन् ।

नेपालमा पनि ९५ प्रतिशत भन्दा धेरै सवारी साधन भारतमा उत्पादन भएर आउने भएकाले यो ट्रयाकमा हुने परिक्षणको फाइदा यहाँ विक्री हुने सवारी साधनले पनि पाउने छन् ।


Back_to_top