१६० सीसीका तीन पावरफुल मोटरसाइकल बीच कडा प्रतिस्पर्धा, तपाईंको रोजाइमा कुन

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा १६० सीसी सेग्मेन्टका मोटरसाइकलको उपलब्धता बढ्दो रहेको छ । बजाज, टीभीएस हिरो जस्ता कम्पनीले १६० सीसीका उत्कृष्ट मोटरसाइकल विक्री गरिरेहेका छन् ।

१५० सीसी क्षमताका मोटरसाइकलभन्दा बढि पावर स्टाइलिस डिजाइन र २०० सीसी क्षमताका मोटरसाइकलभन्दा कम मूल्यका कारण १६० सीसी क्षमताका मोटरसाइकलको विक्री बढेको पाइन्छ । १६० सीसी सेग्मेन्टका मोटरसाइकल विशेष गरेर यूवा वर्गको रोजाइमा पर्न सफल भएको छ ।

नेपाली बजारमा उपलब्ध बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६० फोर भी र हिरो एक्सट्रीम १६० आरको तुलनात्मक भिन्नता यस प्रकार रहेको छन् ।

यी तीन मोटरसाइकल पावर र डिजाइन र क्षमताका आधारमा हिरो एक्स्ट्रीम १६० आर, बजाज पल्सर एनएस १६० र आरटीआर १६० फोर भी को प्रतिस्पर्धा भइरहेको छ ।

तीनवटै मोटरसाइकल मुख्यत पावर र डिजाइनका कारण चर्चामा रहको छ । यी तीनवटै मोटरसाइकलमा फिचरसमेत समान रहेका छन् । यी तीन मोटरसाइकलको समानाता तथा भिन्नता यहाँ विस्तृतमा प्रस्तुत गरिएको छ ।

तीन वटै मोटरसाइकलमा समान १६० सीसी क्षमताको इन्जिन रहेको छ । तर, हिरो एक्स्ट्रीम १६० आरमा मात्रै एफआई इन्जिन उपलब्ध रहेको छ । आरटीआर १६० फोर भी र पल्सर एनएस १६० मा कार्वुरेटर इन्जिन पाउन सकिन्छ । त्यस्तै हिरोले एयर कुल्ड इन्जिन दिएको छ भने टीभीएस र बजाजले आयल कुल्ड इन्जिन दिएका छन् ।

इन्जिनकै कुरा गर्दा हिरो एक्स्ट्रीम १६० आरमा बीएस ६ मापदण्डको इन्जिन रहेको छ भने अन्य दुई मोडललमा बीएस ४ मापदण्डको इन्जिन छ । यी तीन मध्ये आरटीआर १६० फोर भी सबैभन्दा पावरफुल रहेको छ ।

आरटीआर १६० फोर भीले ८००० आरपीएममा अधिकतम १६.४ पीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै बजाज पल्सर एनएस १६० ले ८५०० आरपीएममा अधिकतम १५.५ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरि हिरो एक्स्ट्रीम १६० आरले ८५०० आरपीएममा १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यी तीनै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यी तीनवटै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ भने हिरो र बजाजले एन्टी फ्रिक्सन बस दिएको छ । त्यस्तै तीनै मोटरसाइकलको रियरमा मोनोशक सस्पेन्सन रहेको छ । हिरोमा भने एड्जष्टेबल मोनोशक रहेको छ ।

हिरो, बजाज र टीभीएस तीनै मोटरसाइकलको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइएको छ । यी तीनै मोटरसाइकलमा सिंगल च्यानल एबीएस फिचर उपलब्ध रहेको छ ।

हिरो र टीभीएसले स्मार्ट कनेक्ट फिचर भएको पुर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ भने बजाजमा सेमि डिजिटल कन्सोल रहेको छ । यी तीनै मोटरसाइकल एलइडी लाइटको प्रयोग गरिएको छ ।

नेकेड डिजाइनका यी तीन वटै मोटरसाइकल मध्ये बजाज र टीभीएसको मूल्यसमान जस्तै रहेको छ भने हिरो एक्स्ट्रीम १६० आरको मूल्य केहि धेरै देखिएको छ ।

हिरो एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ३९ हजार रुपैयाँ, बजाज एनएसको ३ लाख ८ हजार ९०० रुपैयाँ र आरटीआर १६० फोर भीको एबीएस भर्सनको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top