काठमाडौं । चीनमा बनेका विद्युतीय कार एकपछि अर्को नेपाल आउने भउका छन् । यस्तोमा अहिलेसम्म कै सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कार ‘सिटी स्पीरिट’ नेपाल आएको छ ।
श्री इको भिजनरी प्रालिले ल्याएको यो कार सहरी क्षेत्रमा मात्रै प्रयोग गर्न उपयुक्त रहेको छ । विभिन्न ४ भेरियन्टमा उपलब्ध यो कारमा लिड एसिड र लिथियम आयोन व्याट्री उपलब्ध रहेको छ । लिड एसिड व्याट्री जडान भएको दुई भेरियन्टको मूल्य क्रमश १३ लाख ८५ हजार र १४ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
लिथियम आयोन व्याट्रीयुक्त भेरियन्टको मूल्य १७ लाख ८५ हजार र १८ लाख ८५ हजार रुपैयाँ रहेको छ । यी दुबै व्याट्री ७.५ किलोवाट आवरका हुन् । लिड एसिड व्याट्रीले फुल चार्जमा १२० किलोमिटर र लिथियम आयोन व्याट्रीले १५० किलोमिटर रेञ्ज दिने कम्पनीको दावी छ ।
यसलाई ग्राहकले आफ्नो आवस्यकता अनुसार दुई र चार सिट अप्सनमा खरिद गर्न सक्ने कम्पनीको सेल्स हेड रविन्द्र श्रेष्ठले जानकारी दिए ।

चार सिट क्षमताको सिटी स्पीरिटको लम्बाई २,५४५ एमएम छ भने दुई सिट क्षमताको कारको लम्बाई लम्बाई २,२४५ एमएम मात्रै रहेको छ ।
घरको समान्य विजुलीमा प्लग जोडर चार्ज गर्न मिल्ने यो कार ४ देखि ६ घन्टामा फुल चार्ज हुने श्रेष्ठले जानकारी दिए । काठमाडौंको वाफलमा शोरुम निर्माण गरेर कम्पनीले यसको विक्री सुरु गरेको हो ।


