काठमाडौं । फोर्ड नेपालले आफ्नो सफल ह्याचव्याक फिगोलाई अटोमेटिक गियरबक्समा ल्याएको छ । केही दिनअघि भारतमा सार्वजनिक भएको फिगो अटोमेटिक नेपाल आएको हो ।
१.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध फिगोमा ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।
कम्पनीले टाइटेनियम र टाइटेनियम प्लस दुई भेरियन्टमा नयाँ फिगो ल्याएको छ । यी दुई मोडलको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार तोकेर विक्री सुरु गरेको हो ।
फिगो टाइटेनियममा १५ इन्चको टायर, एड्जस्टेवल ड्राइभिङ सिट, पछिल्लो लहरमा बस्नेका लागि हेडरेस्ट, ७.० इन्चको टचस्क्रृन, म्यानुअल एसी, दुई एयरब्याग जस्ता फिचर उपलब्ध रहेका छन् ।

टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर पाउन सकिन्छ ।
फिगो डाइमन ह्वाईट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाईट गोल्ड कलरहरुमा उपलब्ध छ ।
फोर्ड फिगो किन्ने ग्राहकले ३ वर्ष वा १ लाख किलोमिटर स्टान्डर्ड वारेन्टी प्रदान गरेको छ भने हरेक १० हजार किलोमिटरमा मात्रै यसको सर्भिसिङ गर्दा हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

