काठमाडाैं । बजाज मोटरसाइकलले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार सबैजसो मोटरसाइलको मूल्य वृद्धि भएको हो ।
नयाँ मूल्यसुची अनुसार ४ हजार रुपैयाँदेखी १६ हजार रुपैयाँसम्म मूल्य वृद्धि भएको हो । कम्पनीले प्लाटीना १०० इसको मूल्य ४ हजार रुपैयाँ र सबैभन्दा धेरै डोमिनार ४०० मा १६ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
त्यस्तै डोमिनार सिरिजकै अर्को मोटरसाइकल डोमिनार २५० को मूल्य भने ११ हजार रुपैयाँले वृद्धि गरेको हो । त्यसैगरि कम्पनीले पल्सर सिरिजमा ६ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
यस्ताे छ नयाँ मूल्यसूची


