क्रसफायरको नयाँ मूल्यसूची सार्वजनिक, ३५ हजार रुपैयाँसम्मले बढ्यो मूल्य

काठमाडौं । डर्ट मोटरसाइकल सेग्मेन्टमा भिन्न पहिचान बनाएको क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले दुई मोडलको मोटरसाइकलमा मूल्य वृद्धि गरेको हो ।

क्रसफायरको लागि नेपालको आधिकारिक विक्रेता क्लासीक ह्वीलले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य लगातार बढ्दै गएका कारण नेपाली बजारमा समेत यसकाे असर देखिएको हो ।

कम्पनीले आरएम २५० र एचजे २५० को मूल्य वृद्धि भएको जनाइएको छ । यी दुई मोटरसाइकलको मूल्य ३५ हजार र १० हजार रुपैयाँले वृद्धि भएको जानकारी दिएको छ । यस अघि ६ लाख ९५ हजार मूल्य रहेको क्रसफायर आरएम २५० को मूल्य ३५ हजारले बढेर ७ लाख २५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै यस अघि ६ लाख ४५ हजार रुपैयाँ रहेको एचजे २५० को मूल्य बढेर ६ लाख ९५ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीले विक्री गर्ने क्रसफायर कै अर्को मोडल जीआर ७ को भने मूल्य यथावत नै रहेको जनाएको छ । कम्पनीले जीआर ७ को ५ लाख ४५ हजार रुपैयाँमा विक्री गर्दै आएको छ ।


Back_to_top