टीभीएसका मोटरसाइकल र स्कुटर किन्नेले खल्तीबाटै मासिक किस्ता तिर्न सक्ने

काठमाडौं । टीभीएसका मोटरसाइकल तथा स्कुटर मासिक किस्ता तिर्नेगरी किनेका ग्राहकले अब घरबाटै मासिक किस्ता बुझाउन सक्ने भएका छन् । कम्पनीले अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटसँगको सहकार्यमा घरबाटै रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको दुबै कम्पनीले जनाएका छन् ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौँतामा हस्ताक्षर भए पश्चात् ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् ।

खल्तीले ग्राहकहरुको सहजताको लागि टीभीएस शोरुममा खल्ती क्यूआरहरु पनि सेट पनि राखेको छ । ग्राहकहरुले ‘युनियन पे’सँग आवद्ध बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

उक्त सेवा सम्बन्धमा मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी, सजनी महर्जन भन्छिन्, ‘खल्तीको स्तरिय सेवा मार्फत ग्राहकहरुको जीवन पद्धतिलाई सरल बनाउन हामीले यो विकल्प बजारमा ल्याएका हौँ । सजिलै घरमै बसी टीभीएस सवारी साधनहरुको किस्ता तिर्न सकिने सुविधाको कारण यो सेवाप्रति धेरै ग्राहक महानुभावहरुको ध्यानाकर्षण भईरहेको हामीले पाएका छौँ ।’


Back_to_top