स्कोडा कुशक ७५ ग्राहकलाई हस्तान्त्रण, ६ प्रतिशत व्याजदरमा ५ वर्षे कर्जा

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशक डेलिभरी दिएको जनाएको छ । एमएडब्लूले बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजनागरी ग्राहकलाई गाडी हस्तान्त्रण गरेको हो । साथै, उपत्यका बाहिरपनि डेलिभरी दिइएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध रहेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशकको टेस्ट ड्राइभ तथा बुकिङ चलिरहेको थियो । कम्पनीले करिब २० दिन कुशकको विभिन्न कार्यक्रम गरेको थियो ।

‘स्कोडा कुशकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं । आजको मितिसम्म हामीसँग एकसय १५३ भन्दा बढी बुकिङ छन् । आज हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

कुशकमा १.० लिटर टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण मानिन्छ । रोबस्ट र मस्कुलर देखिने कुशकको इन्टेरियर सुन्दरता र आधुनिक फिचरले भरिएको छ । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् ।

एमएडब्लुले कुशकको ‘विक्री’ सहज बनाउन ग्राहक केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशक खरिद गर्न सक्ने छन् ।


Back_to_top