काठमाडौं । आजबाट नेपाली बजारमा एसवाईएमको नयाँ एड्भेन्चर मोटरसाइल विक्री गर्ने शोरुम संचालनमा ल्याउने भएको छ । के जी इन्टरकन्टिनेन्टल प्रालिले एसवाईएमको एड्भेन्चर मोटरसाइकल विक्री गर्ने शोरुम आज बिहीबार उद्घाटन गर्ने तयारी गरेको हाे ।
एसवाईएमको मोटरसाइकल नेपाल आएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउन लागेको हो । शोरुम शुक्रबार भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।
एसवाईएम ताइवानको उत्पादन हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । पहिलो चरणमा कम्पनीले एसवाईएम एनएचटी२०० बाइक नेपाली बजारमा भित्र्याएको छ ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् ।
यसमा रहेको इन्जिनले १८.३५ पीएस पावर र १५.७ एमएम टर्क प्रदान गर्नेछ । ६ स्पीड गियरबक्स, डवल च्यानल एबिएस, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर यो मोटरसाइकलको मुख्य विशेषता हो ।
यो मोटरसाइकल किन्न चाहने पहिलो सय जना ग्राहकले ५ लाख ४८ हजार ८ सय ८८ रुपैयाँमा किन्न सक्ने छन् । त्यसपछि भने यसको मूल्य ६ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ ।


