काठमाडौं । टीभीएस आरटीआर २०० फोर भीको बीएस ६ भर्सन नेपालमा सार्वजनिक हुने भएको छ । काठमाडौंका विभिन्न शाेरुमहरुले बीएस ६ भर्सन आरटीआर २०० फोर भीको बुकिङ लिन सुरु गरेका छन् ।
कम्पनी स्रोतका अनुसार अगष्ट १८ देखि यो मोटरसाइकल ग्राहकलाई डेलिभरि दिने तयारी भइरहेको छ । हाल काठमाडौंका सबै शाेरुममा नयाँ भर्सनको मोटरसाइकल पुगि सकेको कम्पनीले जनाएको छ ।
बीएस ६ भर्सनको आरटीआर २०० फोर भीमा विभिन्न तीन राइडिङ मोड दिइएको छ । यो फिचर नेपाली बजारमा उपलब्ध यो सेग्मेन्टमा नै पहिलो फिचर हाे ।
यो मोटरसाइकलमा १९७.८ सीसी सिंगल सिलिन्डिर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यसले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ, भने ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच छ ।
यसमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्विच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता अत्याधुनिक फिचर दिइएको छ ।
बीएस ६ भर्सन आरटीार २०० फोर भीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिएको शाेरुमहरुले जनाएका छन्। यो मोटरसाइकलको प्रतिस्पर्धा पल्सर २०० एनएस, एफजेड २५ जस्ता मोटरसाइकलसँग हुनेछ ।

