४ तस्विरमा हेर्नुहोस् महिन्द्रा ‘एक्सयूभी-७००’

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘एक्सयूभी ७००’ भारतमा विक्री सुरु गरेको छ । ५ र ७ सिट क्षमतामा सार्वजनिक भएको एक्सयूभी-७०० निकै प्रिमियम एसयूभी देखिएको छ ।

विशेषत हुन्डाई अल्काजार, एमजी हेक्टर, टाटा एच फाइभ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेगरी बजारमा आएको यो एसयूभीको मूल्य पनि निकै प्रतिस्पर्धी रहेको छ ।

भारतमा ११ लाख ९९ हजार सुरुवाती मूल्य निर्धारण गरेर विक्री सुरु भएको एक्सयूभी-७०० विभिन्न ५ भेरियन्टमा उपलब्ध रहेको छ ।
कम्पनीले दुई इन्जिन अप्सनमा यसलाई ल्याएको छ । २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन मध्ये ग्राहकले एउटा छनोट गर्न सक्ने छन् ।

यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

एड्रोनएक्स कनेक्ट सिस्टममा ६० वटाभन्दा धेरै कनेक्ट फिचर उपलब्ध रहेको छ । ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील, सनरुफ पाउन सकिन्छ ।

महिन्द्राको यो एसयूभी नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यसको नेपालमा ६० लाखदेखि ७५ लाख हाराहारीमा मूल्य निर्धारण हुने हाम्रो अनुमान गर्न सकिन्छ ।


Back_to_top