बजाजले खोल्यो धनुषामा नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धनुषामा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले धनुषाको ‘माँ दुर्गा अटोमोबाइल्स’ आधिकारीकरुपमा संचालनमा ल्याएको हो ।

नेपालमै सबैभन्दा धेरै विक्री हुने मध्येको एक ब्राण्ड बजाजले आफ्ना ग्राहकलाई धेरै स्थानबाट थप बलियो सुविधा दिनेगरी बजाज सेल्स, सर्भिस र स्पेयर्स पर्टस्को नेटवर्क विस्तार गर्ने क्रममा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एशोसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुसी छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । धनुषामा यो नयाँ शोरुम विस्तारसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छन् ।’

शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको थियो ।


Back_to_top