फोटोनले ल्यायो इलेक्ट्रीक कार्गो भ्यान

काठमाडौं । चिनियाँ कमर्सियल भेहिकल उत्पादक कम्पनी फोटोन मोटर्सले इलेक्ट्रीक कार्गो भ्यान बजारमा ल्याएको छ । कम्पनीले १०० किलोवाट क्षमताको मोटरमा कार्गो भ्यान बजारमा ल्याएको हो ।

१०० किलोमिटर प्रति घण्टाको गतिमा कुद्न सक्ने यो भ्यानले १ हजार ४०५ केजीसम्मको भार बोक्न सक्ने छ । यसअघि विभिन्न मोडलका विद्युतीय बसहरु बजारमा ल्याएको फोटोनको कार्गो भ्यान भने पहिलो मोडल हो ।

विश्वको मुख्य चुनौती बन्दै गएको वातावरण प्रदूषण कम गर्न कम्पनीले वातावरणमैत्री सवारी साधन उत्पादनमा जोड दिने जनाएको छ । यही क्रममा कम्पनीले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुली चल्ने साधन बजारमा ल्याएको हो ।

नेपालमा पनि एमएडब्लू वृद्धिले फोटोनका उत्पादन विक्री वितरण गर्दै आएको छ । कम्पनीले चाँडै यो इलेक्ट्रीक कार्गो भ्यान नेपाल ल्याउने तयारी गरेको अनुमान गर्न सकिन्छ ।


Back_to_top