होन्डा RXE 300 सार्वजनिक

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाले ब्राजिलमा नयाँ एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ब्राजिलमा होन्डा एक्सआरई ३०० एड्भेन्चर र र्याली भर्सनलाई एकै पटक सार्वजनिक गरेको हो ।

होन्डा एक्सआरई ३०० लाई बेवी अफ्रिकन ट्वीनको रुपमा हेरिएको छ । यसमा डबल एलइडी हेडलाइट सेटअप दिइएको छ । त्यस्तै सार्प एलइडी टर्न इन्डिकेटर, फ्रन्ट नोच, अप स्वप्ट एक्जष्ट, अफरोडीङ सपोर्ट सस्पेन्सन, प्रो लिङ्क रियर सस्पेन्सन, स्टर्डी ग्रयावरेल, सिंगल पिस सिट र विन्ड स्क्रीन दिइएको छ ।

त्यस्तै यसमा रहेको फराकिलो ह्यान्डलवार माथि तिर पोजिशन भएको छ । यसमा फुल्ली डिजिटल इन्स्टुमेन्ट क्लस्टर दिइएको छ । यी दुबै मोटरसाइकलमा एउटै २९१.६ सीसी, सिंगल सिलिन्डर, डिओएचसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले २६ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

फ्रन्टमा २१ इन्च र रियरमा १८ इन्चको स्पोक ह्वील दिइएको मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । फ्रन्टमा २५६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस उपलब्ध छ ।


Back_to_top