काठमाडौं । चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले भारी दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना ल्याएको छ । यही भदौ १७ गतेबाट सुरु भएको यो योजना चाडपर्व अवधिभर लागु हुनेछ ।
यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा ६ लाखसम्मको दक्षिणा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् ।
यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकले ५० हजारदेखि २ लाख ५० हजारसम्म नगद छुट पाउने छन् । साथै, यस योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको कर्जा सुविधा जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को-ओपरेटिभबाट पाउने छन् । यसका अलावा निःशुल्क बीमा, एक वर्षको वार्षिक कर, विभिन्न एशोसरीजहरु ग्राहकले पाउने छन् ।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ र एक्स७० को मूल्य ८६ लाख ९९ हजार तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका शोरुममा लागु हुनेछ।

