काठमाडौं । चाडपर्वको अवसरमा क्रसओभर कार किन्न चाहने मानिसलाई बजारमा धेरै विकल्प छैन । कुनै समय सर्वाधिक विक्री हुने क्रसओभरमा हुन्डाई आई २० एक्टीभ थियो । अहिले यो मोडल बजारमा विक्री बन्द भइसकेको छ ।
अहिले क्रसओभर खोज्नेलाई फोर्ड फ्रिस्टाइल एक मात्र छनोट हो । यस्तोमा क्रसओभर खोज्ने ग्राहकलाई रेनो काइगर र निसान म्याग्नाइटले आफुतर्फ आकर्षित गरिरहेका छन् । त्यसैले यी दुबै मोडलले राम्रो बजार पाउन सफल भएको देख्न सकिन्छ ।
फोर्डको आधिकारीक वितरक जिओ फोर्ड नेपालले दुई भेरियन्टमा फ्रिस्टाइल उपलब्ध गराउँदै आएको छ । यसको टाइटेनियम र टाइटेनियम प्लस भेरियन्ट अहिले नेपालमा विक्री हुँदै आएको छ । यी दुई भेरियन्टको मूल्य क्रमश ३४ लाख ९० हजार र ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

फ्रिस्टाइलमा ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९६ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड क्षमताको गियरबक्स यसमा उपलब्ध रहेको छ ।
सुरक्षाको लागि सेफ्टीको लागि ६ एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रायाक्सन कन्ट्रोल, रियर भ्यू क्यामेरा जस्ता फिचर पाउन सकिन्छ । यसबाहेक कारमा ६.५ इन्चको टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि-लेस इन्ट्री, अटो हेडल्याम्प, रेन-सेन्सिङ वाइपर, १५ इन्च अलोय ह्वील पाउन सकिन्छ ।

