सिट्रोनको थापाथली शोरुम संचालनमा, सी फाईभ एयरक्रसको टेष्ट ड्राइभ आयोजना

काठमाडौं । नेपाली बजारमा सन् २०१७ देखि लग्जरी फ्रेन्च कार प्यूजोको गाडी विक्री गर्दै आएको साँग्रिला मोटर्सले अर्को फ्रेन्च ब्राण्ड सिट्रोनको नयाँ शोरुम संचालनमा ल्याएको छ । काठमाडौंको थापाथलीमा नयाँ शोरुम संचालनमा ल्याएसँगै सी ५ एसयूभीको टेष्ट ड्राइभ र आधिकारीक विक्री सुरु भएको हो ।

सय वर्षभन्दा लामो इतिहास रहेको सिट्रोनको थापाथलीमा ला मेसन (फ्रेन्च भाषामा घर) कन्सेप्टमा आधुनिक तथा यूनिक डिजाइनको शोरुम संचालनमा आएको हो ।

नेपालमा बिक्री सुरु भएको एयरक्रस एक ५ सिटर मिड साइज एसयूभी हो । यसमा १.६ लिटर क्षमताको टर्बो चार्ज्ड इन्जिन रहेको छ, जसले १६५ हर्सपावर तथा २४० एनएम टर्क जेनेरेट गर्छ । सिट्रोन एयरक्रसमा ६ स्पीडक अटोमेटीक गियरबक्स रहेको छ ।

सिट्रोन एयरक्रस एक अल्ट्रा मोडुलर एसयूभी हो । यसमा प्रयोग भएको ड्यूल प्रोग्रेसीभ हाइड्रोलीक कुशनले एड्भान्स कम्फर्ट प्रदान गर्ने कम्पनीले दावी गरेको छ । अटोमोवाइल इन्डष्ट्रिमा प्रयोग भएको सबै किसिमका फिचरले यसको क्यावीनलाई प्रिमियम बनाएको छ । यो कारमा प्रयोग भएको ठूलो साइजको प्यानारोमिक सनरुफ तथा आरामदायी सिटले यसमा बस्ने सबै यात्रुलाई छुट्टै किसिमको आनन्द प्रदान गर्छ ।

चालकका लागि यूनिक ग्रिप कन्ट्रोल सिस्टम, मल्टिपल ड्राइभ अप्सन, व्लाइन्ड स्पर्ट मनिटरिङ सिस्टम, फुट अपरेटेड इलेक्ट्रीक टेलगेट, ३६० डिग्री क्यामरा, १२.३ इन्चको पूर्णत डिजिल ड्राइभर डिस्प्ले, ८ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टमले यो एसयूभी चलाउन निकै सहज बनाउँछ ।

कम्पनीले सिट्रोन एयरक्रसको मूल्य १ करोड ३५ लाख राखेको छ । साथै, आगामी वर्षको सुरुवातसँगै भारतमा निर्मित सब कम्प्याक्ट एसयूभी सी थ्री नेपाल ल्याउने जानकारी दिएको छ ।

कम्पनी आगामी वर्षको दोस्रो क्वाटरसम्ममा इलेक्ट्रीक कार सी फोर समेत नेपाली बजारमा विक्री गर्ने लक्ष्य राखेको छ ।


Back_to_top