काठमाडौं । टीभीएस मोटर्सको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा संचालन गरिरहेको एक्सचेन्ज मेलाको भोलि सकिदैछ । कम्पनीले आउँदै गरेको दशैं तिहार जस्ता ठूला चाडपर्वको अवसर पारेर संचालन गरेको एक्सचेन्ज मेलामा धेरै मानिसको सक्रिय सहभागिता रहेको कम्पनीले जनाएको छ ।
विशेषत चाडपर्वमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले एक्सचेन्ज मेला आयोजना गरेको थियो । असोज १ बाट सुरु भएको मेलामा ग्राहकले न्यूनतम मासिक किस्ता ५ हजार ९९९ रुपैयाँमा मोटरसाइकल तथा स्कुटर किन्ने अवसर पाएका थिए ।
कम्पनीले जुनसुकै ब्राण्डको जस्तोसुकै अवस्थाको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्जगर्दा थप डाउन पेमेन्ट गर्नु नपर्ने स्कीम संचालन गरिरहेकाले मेलामा राम्रो संख्यामा ग्राहक आएको कम्पनीले जनाएको छ ।
‘ग्राहकको उत्साहजनक सहभागीता रहेको छ । हामीले दशैंमा पुरानो मोटरसाइकल दिएर नयाँ मोटरसाइकल किन्न खोज्ने ग्राहकको चाहना पुरा गर्न यो मेला आयोजना गरेका हौं । ४ दिनसम्म ग्राहकले देखाउनु भएको सक्रियताले हामीलाई थप हौसला प्रदान गरेको छ’, जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेलले भने ।
मेलामा मोटरसाइकल किन्ने ग्राहकले दशैं स्कीम पनि पाउने छन् । जगदम्बा मोटर्सले दशैंमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई लक्षीत गर्दै ६ पटकसम्म उपहार जित्न सक्ने योजना संचालन गरिरहेको छ ।
कम्पनीले ग्राहकलाई नकिन्दै १ लाखसम्म, किन्दा १० लाखसम्म, दैनिक लक्की ड्रबाट रियलमी सी २० स्मार्टफोन, हरेक हप्ता १ जनालाई मोटरसाइकलको मूल्य बराबर नगद फिर्ता, हरेक महिना एक जनालाई आरआर ३१० मोटरसाइकल र बम्परमा एक जनालाई प्रोटोन सागा कार दिने छ । सबै लक्की ड्र हरेक शुक्रबार बेलुका ६ः४५ मा हिमालयन टीभीबाट हुने कम्पनीले जनाएको छ ।
यसको अलावा कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

