टाटा कारको नयाँ शोरुम नेपालगंजमा

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेपालगंजमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले रुद्र प्रिया इन्टरनेशनल प्रालिको नामबाट नयाँ शोरुम संचालनमा ल्याएको हो ।

सिप्रदी ट्रेडिङले आफ्ना ग्राहकको लागि आधुनिक र सुविधा सम्पन्न शोरुम तथा अन्य सेवा सुविधा उपलब्ध गराउन सक्ने नयाँ शोरुम संचालनमा ल्याएको जनाएको छ । कम्पनीले नेपालभर आफ्नो शाखा संजाल विस्तार गर्ने योजना अनुरुप नयाँ शोरुम संचालनमा ल्याएको हो ।

नयाँ शोरुम उद्घाटनमा प्रमुख अतिथिका रुपमा टाटा मोटर्सको तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालगंजका मेयर डा. धवल शमशेर राना लगायतको उपस्थिति रहेको थियो ।

उक्त शोरूमबाट टाटा मोटर्सका नयाँ बीएस ६ मापदण्डका कारहरु विक्री हुने छन् । शोरुम संचालनको अवसरमा टेस्ट ड्राइभ पनि सुरु गरिएको छ । सिप्रदीले हालै मात्र दशैं तिहार लक्षित नयाँ गाडीहरु खरिद गर्दा विभिन्न उपहार योजना संचालनमा ल्याएकोले यहाँ पनि उक्त योजना लागु भएको छ ।


Back_to_top