काठमाडौं । आगामी अक्टोबर ४ मा आधिकारीक रुपमा बजारमा आउन लागेको टाटा पन्चका विभिन्न फिचर बाहिर आइरहेका छन् । बजारमा टाटा पन्चको चर्चा बढाउन कम्पनीले धेरै मात्रामा अनलाइन टिजरहरु सार्वजनिक गरिरहेको छ । कम्पनीले क्रमिकरुपमा इन्टेरियर र एक्टेरियरका प्रिभ्यूहरु देखाइरहेको छ । अटो पत्रकारहले पन्चको लन्चिङ अगावै यसको ब्रोसरहरु लिक गरिरहेका छन् ।
हालै बाहिर आएको जानकारी अनुसार टाटा पन्चको ग्राउण्ड क्लियरेन्स १८७ एमएम हुनेछ । साथै यसको बुट स्पेस पनि ३६६ लिटरको हुने खवर बाहिर आएको छ । टाटा मोटर्सको साना गाडीहिरुमा प्रयोग हुने अल्फा प्लेटफर्ममा आधारित भएर उत्पादन भएको यो दास्रो कार हो । कम्पनीले गत वर्ष मात्रै अल्फा प्लेटफर्ममा प्रिमियम ह्याचव्याक अल्ट्रोज सार्वजनिक गरेको थियो ।
अल्ट्रोजले ग्लोबल एनक्यापको सेफ्टी रेटिङमा ५ स्टार पाएको थियो । अल्ट्रोज बनेकै प्लाटफर्ममा बनेकोले पन्च पनि एक सुरक्षित कार हुने अनुमान गरिएको छ । पन्चमा अल्ट्रोजमा जस्तै ९० डिग्रीसम्म खोल्न मिल्ने ढोकाहरु, दोस्रोरोमा फ्ल्याट फ्लोर आदि समान रहेको छ । जसका कारण पछाडि बस्ने यात्रुलाई थप आराम हुने छ ।
टाटा पन्चमा दुईवटा ड्राइभिङ मोड हुनेछ । यो कारमा ट्रायाक्सन प्रो सहितको सिटी र ईको मोड पाउन सकिन्छ । यसका अलावा यो कारमा ७ इन्चको एमआडी सहितको सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, टचस्कृन सहितको इम्फोटेन्मेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, इन्जिन स्टार्ट÷स्टप बटम, कर्नरिङ फगल्याम्प, इलेक्ट्रीक ओआरभीएम जस्ता कन्भिनेन्ट फिचरहरु रहनेछन् ।
यो कारमा टाटाले १.२ लिटरको नेचुरल्ली एस्पीरेटेड ३ सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । जसले ८६ पीएस पावर तथा ११३ एनएम टर्क जेनेरेट गर्नेछ । त्यस्तै यो कार ५ स्पीड म्यानुयल तथा एएमटी गियरबक्सको साथ उपलब्ध हुनेछ । भारतीमा यसको सुरुवाती मूल्य ५ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।


