२०० सीसी सेग्मेन्ट लिडर ‘पल्सर एनएस’, यस्तो छ मासिक किस्ता

काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआई र कार्बुरेटर इन्जिनमा उपलब्ध रहेको छ । दुबै भेरियन्टमा ग्राहकले सिंगल च्यानल एबीएस पाउँछन् ।

कार्बुरेटरको तुलनमा एफआई इन्जिनले बढी माइलेज दिने बजाजको दावी छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल नेपाली युवाहरुको बीचमा निकै चर्चित बन्दै गएको छ ।

पावरफुल इन्जिन, एफआई टेक्नोलोजी, एबीएस र मस्कुल र स्पोर्टी डिजाइनको कारण पल्सर एनएस २०० सेग्मेन्ट लिडरकोरुपमा निरन्तर रहँदै आएको छ । एफआई इन्जिनमा आएपछि भने यसको विक्री रफ्तार निकै बढेको हो ।

आफ्नो सफल मोटरसाइकल किन्न चाहने ग्राहकलाई बजाजले चाडपर्व लक्षित अफर दिइरहेको छ । कम्पनीले पल्सर एनएस २०० एबीएस/एफआईको मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । साथै, एबीएस मात्र रहेको मोडलको मूल्य ३ लाख ६५ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

कम्पनीले दशैं स्कीममा किन्नु अघि १० हजारसम्म, किन्दा १ लाखसम्म र किनीसकेपछि १० लाखसम्म नगद जित्न सकिने स्कीम संचालन गरिरहेको छ । यो स्कीममा ग्राहकले कम्तीमा १० हजार नगद छुट पाउन सक्ने छन् ।

कम्पनीले ल्याएको स्कीममा सून्य प्रतिशत व्याजदरमा पनि मोटरसाइकल किन्न पाइन्छ । त्यसको लागि ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकम १८ महिना भित्र तिर्नु पर्ने हुन्छ । कम्पनीको यो सर्त पुरा गरेर पल्सर एनएस २०० एफआई/एबीएस किन्ने ग्राहकले मासिक किस्ता १० हजार ६०९ रुपैयाँ तिर्नु पर्छ । त्यस्तै यही स्कीममा पल्सर एनएस २०० एबीएस किन्ने ग्राहकले मासिक ९ हजार ८८७ रुपैयाँ तिर्नु पर्छ ।

यसमा प्रयोग भएको लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिनले अधिकतम ९५०० आरपीएममा २३.५ पीएस पावरका साथै ८००० आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।

नयाँ सुरक्षा मादण्डका सबै मानक पुरागरेर आएको मोटरसाइकलको अगाडि चक्कामा २८० एमएमको डिस्क र पछाडि चक्कामा २३० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । यसको अलावा बाइकको अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक दिइएको छ ।

फुल एलइडी हेडलाइट र सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर दिइएको छ ।


Back_to_top