निशान पनि पर्यो इमिशन कान्डमा, छानविन हुँदै

सन् २०१७ मा फक्सवागेन आफ्ना गाडीको इमिसनको स्क्याण्डलमा फसेपछि अन्य प्रमुख ठूला गाडी कम्पनीहरुले पनि धमाधम आफूले गलत इमिसन तथा माइलेजको तथ्याङ्क देखाएको स्किार गरेका छन् । 

यसरी स्विकार गर्नेमा ठूला अटो मेकरहरु ड्याम्लर, जनरल मोटर्स, सुजुकी तथा मित्सुबिसी लगाएतका छन् । 

यही लहरमा जापानी अटो कम्पनी निशानले पनि हालै सो गल्ती स्विकारेको छ । कम्पनीले आफ्ना जापानी प्लान्टबाट उत्पादन भएको गाडीहरुबाट फाल्ने धुवाको तथ्यांकमा हेरेफेर गरेको बुझिएको छ ।

कम्पनीले कारहरु डेलिभरी दिनु भन्दा अघि गरिने विस्तृत परिक्षण तोकिएको वातावरणमा नगरिएको बुझिएको छ । 

यस टेस्टबाट गाडीले उत्पादन गर्ने इमिसन र माईलेजको रिजल्ट कम्पनीले चाहेको अनुसार बनाएको थियो । यस रिपोर्टलाई जापानी ट्रान्पोर्ट मन्त्रालयले विस्तृत अध्ययन गरिरहेको छ । 


Back_to_top