इलेक्ट्रीक सवारीसाधनमा एकपछि अर्को नयाँ उत्पादन बजारमा आइरहेका छन् । यस्तोमा भारतीय बजारमा नयाँ स्टाइलिस स्कुटर सार्वजनिक भइरहेका छन् ।
भारतको स्टार्टअप कम्पनी ट्वान्टी टु मोटर्सले अटो एक्स्पो २०१८ मा इलेक्ट्रोनिका स्कुटर शोकेस गरकोे थियो । कम्पनीले सो स्कुटरको मुल्य ७४ हजार ७ सय ४० रुपैयाँ भारु तोकेको छ । तर, स्कुटरको डेलिभरी भने यो वर्षको अगस्टबाट गर्ने जनाएको छ ।
यो स्कुटरमा कम्पनीले आर्टिफिशियल ईन्टेलीजेन्स, डिजीटल कंसोल, इलेक्ट्रोनिक ब्रेकिङ, एलईडी लाइट्स, गियो फेसिङलगायतका अन्य सुविधाहरू समावेश गरिएको छ ।
स्कुटरमा डिसी मोटरको प्रयोग गरिएको छ भेन ६० एनएम टर्क राखिएको छ । साथै, यसमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्री फुलचार्ज हुनका लागि पाँच घण्टा लाग्छ । एकपटक चार्ज गरेपछि ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ । यसको स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले बताएको छ ।
अहिले भारतीय र नेपाली बजारमा ११० देखि १२५ सीसी इन्जिन क्षमता भएका स्कुटर बढि बिक्ने गरेका छन् । स्कुटरको बजार विस्तार गर्दै गरेको भारतले सामान्य स्कुटर भन्दा बढि क्षमता र बिशेषता बोकेको १२५ सीसीका स्कुटर पनि सार्वजनिक गर्दै आइरहेको छ ।

