बीएसडब्ल्यू मोटरराडले भारतीय बजारमा पहिलो स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले बीएमडब्ल्यू सी ४०० जीटी म्याक्सी स्कुटर सार्वजनिक गरेको हो ।
यो स्कुटर सार्वजनिक भएसंगै भारतीय बजारमा यो सबैभन्दा महंगो स्कुटर भएको छ । बीएमडब्ल्यू मोटरराडले सी ४०० जीटी प्रिमियम स्कुटरको मूल्य ९ लाख ९५ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । हाल भारतीय बजारमा यो सेग्मेन्टमा यसको कुनै प्रतिस्पर्धी मोडल रहेको छैन् ।
यो स्कुटरमा ३५० सीसी वाटर कुल्ड सिंगल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ३४ हर्पपावर तथा ५७५० आरपीएममा ३५ एनएम अधिकता टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १३९ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसमा ६.५ इन्चको फुल कलर टीएफटी स्क्रीन दिइएको छ । त्यस्तै यसमा कनेक्टिभिटी फिचर, स्टेवलिटी कन्ट्रोल, अप्टिमाइज लाइटिङ जस्ता फिचर रहेको छ ।


