टोयोटा नेपालले खोल्यो ‘राइज’ एसयूभीको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सब फोर मिटर एसयूभी ‘राइज’को बुकिङ खुल्ला गरेको छ । कम्पनीले नोभेम्बर अन्तिम वा डिसेम्बर पहिलो साता बजारमा सार्वजनिक गर्ने योजना सहित राइजको बुकिङ खुल्ला गरेको हो ।

टोयोटा राइज दुई भेरियन्टमा नेपाल आउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने राइजको अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख ५० हजार र म्यानुयल भेरियन्टको मूल्य ६६ लाख हुनेछ । यद्यपी यसको आधिकारीक मूल्य कम्पनीले बाहिर ल्याइसकेको छैन ।

‘राइज बुकिङ गर्न चाहने ग्राहकले १ लाख रुपैयाँ सुरुमा बुझाएर बुकिङ गर्न सक्नेछन् । बुकिङ गरेका ग्राहकलाई डिसेम्बर भित्र डिलिभरी दिने तयारी गरिरहेका छौं’, यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले दिएको जानकारी अनुसार यो सब कम्प्याक्ट एसयूभीको लम्बाई ३९९५ एमएम, चौडाई १६९५ एमएम र उचाई १६२० एमएम रहेको छ । यसमा ३६९ लिटर क्षमताको बुट स्पेश ग्राहकले पाउने छन् ।

सुरक्षा फिचरमा कम्पनीले कुनै सम्झौँता गरेको छैन । राइजमा  कर्नरिङ ल्याम्प, स्मार्ट पार्किङ सिस्टम, एडप्टीभ ड्राइभिङ बीमसहितको एलइडी हेडल्याम्प, क्रुज कन्ट्रोल, ड्यूल एयरव्याग, कटन एयरव्यागजस्ता फिचर दिइएको छ ।

राइजमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, रिभर्स पार्किङ डिस्प्ले सहितको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, रियर पार्किङ सेन्सर, १७ इन्चको अलोय ह्वील, रुफरेल, एलइडी टेलल्याम्प जस्ता विशेषता उपलब्ध हुनेछन् ।

नेपाल आउने राइजमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८८ पीएस पावर र ४५०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानसयल र सिभीटी अटोमेटीक गियरबक्स प्रदान गरिएको छ ।


Back_to_top