कम मूल्यमा पाइने १५० सीसीका ६ मोटरसाइकल

काठमाडौं । नेपालमा सवारी साधनको लगातार भएको मूल्य वृद्धिका कारण मोटरसाइकलको मूल्य आकाशिएको छ । पछिल्लो समय १५० सीसी सेग्मन्टका मोटरसाइकल ३ लाखभन्दा कम मूल्यमा पाउनै मुस्कील पर्ने भएको छ ।

नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल पनि १५० सीसी क्षमताका नै हुन् । १५० सीसी सेग्मेन्टमा बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो जस्ता कम्पनीले मोटरसाइकल विक्री गर्दै आएका छन् ।

हाल नेपाली बजारमा ३ लाखभन्दा कम मूल्यमा यामाहा, हिरो, बजाजका मोटरसाइकल उपलब्ध रहेका छन् । बजाजले १५० सीसी सेग्मेन्टमा विक्री गर्ने बजाज पल्सर १५० दुई भेरियन्टमा उपलब्ध रहेको छ । यी दुवै मोटरसाइकलको मूल्य ३ लाखभन्दा कम मूल्य रहेको छ ।

त्यसैगरि यामाहाले एसजेडआआर र एफजेड भी २ दुई मोडलका मोटरसाइकल ३ लाखभन्दा कम मूल्यमा विक्री गर्दै आएको छ । त्यस्तै हिरोले पनि २ मोडलका मोटरसाइकल ३ लाखभन्दा कम मूल्यमा विक्री गर्दै आएको छ ।

बजाज पल्सर १५०

नेपालमा सबैभन्दा धेरै विक्री हुने मोटरसाइकल बजाज पल्सर १५० हो । बजाज पल्सर सिंगल डिस्क र डबल डिस्क गरी दुई भेरियन्टमा विक्री भइरहेको छ । यी दुवै मोटरसाइकलमा समान इन्जिन रहेको छ । बजाज पल्सरमा १४९.५ सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३.४ एनमएम टर्क र १४ पीएस पावर जेनेरेट गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियर बक्स रहेको छ । बजाज पल्सर सिंगल डिस्कको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ र डबल डिस्क भेरियन्टको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ ।

यामाहा एफजेड भी २/एसजेडआरआर

यामाहाले विक्री गर्ने सबैभन्दा सस्तो १५० सीसी मोटरसाइकल एसजेडआरआर रहेको छ । यो मोटरासइकलमा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १२.१ पीएस पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । यसको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै एफजेड भी २ मा रहेको १४९ सीसी क्षमताको इन्जिनले १३.१ पीएस पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

हिरो एचिभर/हंक १५० आर

नेपाली बजारम उपलब्ध सबैभन्दा सस्तो १५० सीसी मोटरसाइकल एचिभर १५० हो । यसमा १४९.१ सीसी क्षमतको इन्जिन रहेको छ भने यो इन्जिनले १३.४ बीएच पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै हिरो हालैमात्र नेपाली बजारमा भित्र्याएको हंक १५० आरमा १४९.२ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले १५ बीएच पावर तथा १२.६ एनएम टर्क जेनेरेट गर्छ । एबीएस फिचर भएको हिरो हंक १५० को मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ रहेको छ ।

बेनेली टीएनटी १५

सबैभन्दा सस्तो १५० सीसी मोटरसाइकलको रुपमा चर्चा कमाएको बेनेली टीएनटी १५० को मूल्य अहिले २ लाख ५४ हजार रुपैयाँ पुगेको छ । २ वर्ष अघि नेपालमा सार्वजनिक हुँदा यसको मूल्य २ लाख ३० हजार रुपैयाँ निर्धारण भएको थियो । यो मोटरसाइकलमा १४८ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले १३ बीएच पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।


Back_to_top