टेस्लालाई टक्कर दिन ज्यागुअरले ल्याउँदै आई-पेस, माइलेज ३९० किमि

टाटाको स्वामित्वमा रहेको ज्यागुअरले सो अल इलेक्ट्रिक भेइकल आई–पेस जेनेभा मोटर शोमा प्रदर्शन गरेको थियो । यो कारको प्रदर्शनिसँगै बिद्युतिय कारको लिडर कम्पनी टेस्लाको एक्स ७५ डी मोडललाई कडा टक्कर दिने अनुमान गरिएको थियो । अब यो कार तयार भएको छ र सन् २०१८ बाटै अमेरिकामा बिक्री सुरुहुने तयारी भइरहेको छ । 

ज्यागवार कम्पनीले उत्पादन गरेको विद्युतीय कार आई–पेस आउने भएको छ । धेरैको कहुतुहलता रहेको यो कारले एक पटकको फुलचार्जमा ३ सय ९० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

यस इलेक्ट्रिक एसयूभीमा ९० किलोवाट आवरको मोटर दिइएको छ, जस्लाई लिथियम आयन ब्याट्रीको प्रयोगले चलाउने छ । यसको ब्याट्रीलाई कारमा १०० किलोवाट डीसी फास्ट चार्जर जोडेरे चार्जगर्दा ४० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

४.५ सेकेन्डमा ० देखि ९६.५ किलोमिटर प्रतिघण्टाको रफ्तार समाउन सक्ने यो एसयूभी धेरै शक्तिशाली रहेको छ । 

यस एसयूभीमा ज्यागुअर इन–कन्ट्रोल रिमोट एपको प्रयोग गरी भ्वाइस कमान्ड दिन सकिन्छ । के कार लक छ ? वा के १०० किलोमिटर जानका लागि ब्याट्री छ ? जस्ता प्रश्न गर्दा यसमा भएको अलेक्टा साउन्ड असिष्टेन्ट साउन्ड आउटपुटबाट पुरा जानकारी पाउन सकिन्छ ।

यसमा प्रयोग गरिएको नेभिगेसन सिष्टमले कारमा भएको चार्जिङ अवस्था देखाउछ । हाल भएको ब्याट्री पावरले अब कति किलोमिटर चल्छ भन्ने कुरा पनि सजिलै थाहापाउन सकिन्छ । यसमा भएको ड्युअल स्क्रिनटच इन्फोटेनमेन्ट सिष्टमबाट मनोरञ्जन लिन सकिन्छ । 

ज्यागुअरले सन् २०१६ मा सो कारलाई एक कन्सेप्टको रुपमा ल्याउने बताएको थियो । 


Back_to_top