भारतमा रहेको इसुजु प्लान्टले बनायो १० हजार सवारीसाधन

इसुजुले मोटर कम्पनीले भारतको आन्ध्र प्रदेशमा लगाइएको प्लान्टबाट १० हजार सवारीसाधन उत्पादन गरेको छ । 

उत्पादन सुरु भएको २ बर्षमा कम्पनीले १० हजारौं गाडीको रुपमा एड्भेन्चर युटिलिटी भेइकल डी–म्याक्स भी–क्रस उत्पादन गरेको हो । 

कम्पनीले सन् २०१६ को अप्रिलदेखि भारतमा सवारीसाधन उत्पादन सुरु गरेको थियो । भारतीय बजारमा उत्पादन भएका इसुजुका गाडिहरु नेपालमा बिक्री हुँदै आएका छन् । 

भारतमा रहेको प्लान्टबाट यति धेरै गाडी उत्पादन हुनु कम्पनीका लागि ठूलो उपलब्धि भएको कम्पनीले जनाएको छ । 

इसुजुले डी–म्याक्स भी–क्रस बाहेक सात सिटे एसयूभी ‘एमयू–एक्स’ र डी–म्याक्सको पिकअप समेत उत्पादन र बिक्री गर्दै आएको छ ।


Back_to_top