टाटा नेक्सनको ४ वर्ष, ३ हजार ५०० यूनिट विक्री पुरा

काठमाडौं । टाटा नेक्सनको आयात ३ हजार ५०० यूनिट पुरा भएको छ । सन् २०१८ बाट नेपाली बजारमा विक्री सुरु भएको नेक्सनको विक्री ३ हजार ५०० यूनिट पुरा भएको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

कम्पनीले नेक्सनको डिजेल, पेट्रोल र इलेक्ट्रीक भर्सन नेपालमा विक्री गर्दै आएको छ । सुरुवाती दिनदेखि नै नेपाली बजारमा राम्रो पकड बनाउन सफल नेक्सन टाटाको प्यासेन्जर कार सेग्मेन्टको गेमचेन्जर मोडल हो । अहिले त सिप्रदीलाई इलेक्ट्रीक सेग्मेन्टमा पनि यसले बलियोसँग स्थापित गरिरहेको छ ।

अहिले नेपाली बजारमा नेक्सनको १५ भेरियन्ट उपलब्ध रहेको छ । जसमा पेट्रोलियम पदार्थबाट चल्ने १२ भेरियन्ट र इलेक्ट्रीकमा ३ भेरियन्ट उपलब्ध रहेको छ । सन् २०१८ देखि अहिलेसम्म कम्पनीले ३ हजार ५०० यूनिट नेक्सन आयात गरेको जनाएको छ ।

‘हामीले ४ वर्षमा ३ हजार ५०० यूनिट नेक्सन विक्री गरेका छौं । यो पेट्रोल र डिजेलको मात्रै तथ्यांक हो यसमा इभी जोडिएको छैन । ग्राहकले जुन किसिमको माया नेक्सनलाई दिएका छन्, यसले भोलिका दिनमा अझै परिष्कृत सेवा प्रादन गर्न हामीलाई हौसाएको छ’, सिप्रदी ट्रेडिङका कर्पोरेट कम्यूनिकेशन हेड रुपम श्रेष्ठले मेरोअटोसँग भने ।

सब फोर मिटर एसयूभी नेक्सन सेग्मेन्टकै सर्वाधिक फिचर उपलब्ध भएको एसयूभी हो । आकर्षक डिजाइन, फिचर लोडेड इन्टेरियर, २०९ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, १६ इन्चको डामण्ड कट अलोय ह्वील, तीन प्रकारको ड्राइभिङ मोड, हर्मनको म्यूजिक सिस्टमले नेक्सनलाई सेग्मेन्टको उत्कृष्ट सब फोर मिटर एसयूभी बनाएको हो ।

डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्यूटुथ कनेक्टीभीटी, अटोफोल्ड ओआरभीएम, रुफरेल, सनरुफ, फलो मि होमल्याम्प, पावर विन्डो, ट्राइ एरो एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर हेडल्याम, सिग्नेचर एलइडी टेलल्याम्प, दुई एयरव्याग, इबीडी सहितको एबीएस, इलेक्ट्रीक स्टेविलिटी प्रोग्राम, ट्रायाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट, हिल होल्ड कन्ट्रोल, ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ नेक्सनको सबल पक्ष हो ।

पावर चाहने ग्राहकलाई नेक्सनमा दिइएको १.२ लिटर टर्बोचार्ज्ड रेभोर्टन इन्जिनले अधिकतम ५५०० आरपीएममा १२० पीएस पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड क्षमताको म्यानुयल र एएमटी गियरबक्स उपलब्ध रहेको छ ।


Back_to_top