अत्तरियामा टीभीएसको नयाँ शोरुम, रेडर १२५ सार्वजनिक

अत्तरिया । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा आफ्नो आधिकारीक थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । बागेश्वोरी मल्टी मोटर्सको नामबाट संचालनमा आएको नयाँ शोरुम कैलाली गोदावरी नगरपालीकाका उप–मेयर रत्ना कदायर, उद्योग बाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा लगायतको उपसिथतिमा भएको थियो ।

कार्यक्रममा बोल्दै बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले भने, ‘ग्राहकहरुले अत्याधिक रुचाएको ब्राण्ड टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा हामी निकै हर्षित छौँ । नयाँ शोरुमले टीभीएसका बाइक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेछ ।’

नयाँ शोरुमको उद्घाटनका साथै कम्पनीले कार्यक्रम मार्फत यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर १२५ पनि सार्वजनिक गरेको छ । ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिक–टक स्टार उषा उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।


Back_to_top