हुन्डाई भेन्यूले पुरा गर्‍यो २ लाख ५० हजार यूनिट विक्री

काठमाडौं । हुन्डाईको सब फोर मिटर एसयूभी भेन्यूले भारतमा २ लाख ५० हजार यूनिट विक्री पुरागरेको छ । कम्पनीले बजारमा आएको ३१ महिनामा २ लाख ५० हजार यूनिट विक्रीको अंकडा पुरा गरेको हो ।

तीन इन्जिन अप्सन र तीन गियरबक्सको छनोट उपलब्ध भेन्यू पहिले पटक आइएमटी (इन्टेलिजेन्ट म्यानुयल ट्रान्समिशन) गियरबक्स जडान भएको एसयूभी हो । कम्पनीले यसलाई १.२ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिनमा बजारमा ल्याएको छ । नेपालमा पनि तीन वटै इन्जिनमा भेन्यू पाउन सकिन्छ ।

सब फोर मिटर एसयूभी सेग्मेन्टमा ब्रेजा पछि नेपालमा सर्वाधिक विक्री हुने भेन्यू सफल मोडल भइसकेको छ । हुन्डाई भेन्यूमा रहेको १.० एल कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ७ डीसीटी, आइएमटी र म्यानुयल गियरबक्स रहेको छ ।

भेन्यूमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ । त्यसैगरी १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ र यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

हुन्डाई भेन्यूको लम्बाई ३९९५ एमएम, चौडाई १७७० एमएम र उचाई १५९० एमएम रहेको छ । र यसको ह्विलबेस २५०० एमएम रहेको छ । भेन्युको टप स्पेकमा इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु पाइन्छ । साथै यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग पनि गरिएको छ, जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ ।

भेन्यू भारतको पहिलो स्मार्ट कनेक्टेड गाडी हो । यसमा कम्पनीको ब्लु लिंक टेक्नोलोजी समावेश गरिएको छ । यसमा ३३ स्मार्ट कनेक्टेड फिचर उपलब्ध रहेको छ । यति मात्र होइन सो कनेक्टिभिटी टेक्नोलोजीमा एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, इन्जिन, सेफ्टी र अन्य फिचर पनि रहेको छ ।


Back_to_top