काठमाडौं । ताइवानी कम्पनी केम्कोले झट्ट हेर्दा १२५ सीसी क्षमताको जस्तै देखिने इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । रेट्रो डिजाइनमा आधारित नयाँ इलेक्ट्रीक स्कुटरमा कम्पनीले थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ ।
इलेक्ट्रीक स्कुटर भएको झलक दिन कम्पनीले स्कुटरको पछाडिको भागमा थुप्रै निलो कलरको प्रयोग गरेको देखिन्छ । यसको अगाडि भागमा पनि निलो कलरको प्रयोग देख्न सकिन्छ ।
कम्पनीले यसमा पूर्णत एलइडी लाइटको प्रयोग गरेको छ । ग्लोबबक्समा यूएसबी पोर्ट, एलइडी हेडल्याम्प, रिभर्स मोड, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, डिजिटल कनेक्टीभीटी, टर्न वाई टर्न नेभगिेसन, वातावरणको अवस्था जानकारी दिने जस्ता सुविधा यसमा उपलब्ध रहने छ ।
यसमा २७ लिटरको अन्डर सिट स्टोरेज दिइएको छ जहाँ ३ वटा स्वाइपेवल व्याट्री र एउटा फुल साइजको हेल्मेट राख्ने मिल्ने कम्पनीले जनाएको छ । यसमा दिइएको व्याट्रीलाई फुल चार्ज गर्दा १९९ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
यसमा २.५ किलोवाट आवरको व्याट्री र ३.२ किलोवाट क्षमताको ब्रसलेस डिसी मोटर दिएको छ । यो स्कुटरमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स पाउन सकिन्छ । २२ इन्चको ह्वील, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक यसमा उपलब्ध रहेको छ ।


