निलो कलरमा देखियो केटीएम २५० एड्भेन्चर

काठमाडौं । केटीएम २५० एड्भेन्चर नयाँ कलरमा आएको छ । कम्पनीले २०२२ को लागि केही परिमार्जन र दुई नयाँ कलर थप गर्दै २५० एड्भेन्चर बजारमा ल्याएको हो ।

मोटरसाइकल सार्वजनिक भएसँगै केटीएमले भारतमा नयाँ भर्सनको बुकिङ लिन सुरु गरेको छ । अहिले नेपाली भने २०२१ मोडल विक्री भइरहेको छ । अबको दुई महिना भित्रै नयाँ मोडल नेपाल आउने अनुमान गर्न सकिन्छ ।

केटीएमले कलर अप्सन थप गरेपनि यसको मूल्यमा भने परिवर्तन गरेको छैन । भारतमा नयाँ २०२२ केटीएम २५० एड्भेन्चरको मूल्य २ लाख ३५ हजार भारु रहेको छ । कम्पनीले नयाँ भर्सनमा इलेक्ट्रोनीक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलर दिएको हो ।

कलर र ग्राफिक्स बाहेक नयाँ भर्सनमा कुनैपनि किसिमको मेकानीकल परिमार्जन भएको छैन । यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई र्याली डकार रेस मोटरसाइकल केटीएम ४५० बाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ ।


Back_to_top