होन्डा साइनमा ५० हजारसम्म छुट, यी स्थानमा मात्रै पाइने

काठमाडौं । होन्डा मोटरसाइकलको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ प्रालिले होन्डा साइनमा विशेष स्कीम संचालनमा ल्याएको छ । कम्पनीले सिबी साइनको खरिदमा ५० हजारसम्म नगद छुट र १ प्रतिशत व्याजदर स्कीम संचालनमा ल्याएको हो ।

स्याकार ट्रेडिङले ‘मायाको सिजनमा नयाँ होन्डाको साथ’ नाराको साथ ल्याएको स्कीममा ग्राहकले स्क्र्याचकार्ड मार्फत ५० हजारसम्म नगद जित्न सक्ने जनाएको छ । साथै, १ प्रतिशत व्याजदरमा साइन मोटरसाइकल किन्न चाहने ग्राहकले स्क्र्याचकार्ड प्रयोग गर्न पाउने छैनन् । कम व्याजदरमा साइन किन्न ग्राहकले ५० प्रतिशत अनिर्वाय डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

होन्डा सिबी साइनमा दिइएको स्कीम काठमाडौं उपत्यकामा रहेका शोरुमहरुमा उपलब्ध छैन । कम्पनीले विर्तामोड, दमक, विराटनगर, इटहरी, इनरुवा, धरान, विराटचोक, गाइघाट, राजविराज, लहान, मिर्चैया, सवेला, जनकरपुर, जलेश्वर, लालबन्दी वर्दिवास, गौशला, बिरगंज, जितपुर, निजगढ, कलैया र सिन्धुलीमा रहेका शोरुमबाट पाइने छ ।

साथै, गरुडा, मलंगवा, बर्दघाट, परासी, भैरहवा, बुटवल, नेपालगंज, चन्द्रौटा, जितपुर, धनगढी, अत्तरिया, टिकापुर, लम्की र महेन्द्रनगर शोरुमबाट पनि यो स्कीममा मोटरसाइकल लिन सकिन्छ ।


Back_to_top