काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले विक्री गर्दै आएको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको छ । कम्पनीले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीमा अधिकांश मोडलको मूल्य वृद्धि गरिएको छ । कम्पनीले विक्री गर्ने सबै मोटरसाइकल मोडलको मूल्य वृद्धि गर्दा स्कुटरको भने एउटा मात्रै मोडलको मूल्य बढाएको हो ।
यामाहाले विक्री गर्ने सबैजसो मोटरसाइकलको मूल्य ५ हजार रुपैयाँले वृद्धि भएको छ । त्यस्तै एकमात्र स्कुटर रे जेडआर ११३ को मूल्य ३ हजार रुपैयाँ बढेको देखिन्छ । अंग्रेजी नयाँ वर्षसँगै अधिकांश कम्पनीले मूल्य वृद्धि गरिसकेका छन् ।
यस्तो छ नयाँ तथा पुरानो मूल्यसूची


