उत्कृष्ट पर्फमेन्स पीकअपको अवार्ड ‘हुन्डाई शान्ता क्रुज’लाई

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईको पहिलो पीकअप ट्रक शान्ता क्रुजले ‘२०२२ वेस्ट पर्फमेन्स पीकअप ट्रक’को अवार्ड पाएको छ । ‘दी फास्ट लेन ट्रक’ले विभिन्न किसिमका बाटोहरुमा कडा परिक्षण गरेपछि यो अवार्ड शान्ता क्रुजलाई दिएको हो ।

हुन्डाईको शान्ता क्रुज अल्टीमेट स्पोर्ट एड्भेन्चर मोडलको रुपमा विकास भएको हो । यसका ग्राहकहरुले कम्फर्ट, स्पेस, फिउल इफिसेन्सी तथा पार्किङमा सहजता आदि अनुभव गर्न सक्छन् । टर्बो चार्ज्ड इन्जिनको साथै अलह्वील ड्राइभ अप्सनले सहरी तथा अफरोड बाटाहरुमा यो पीकअपको उत्कुष्ट प्रदर्शन रहेको थियो ।

त्यस्तै यही अवार्ड अन्तर्गत वेस्ट टोइङ ट्रकको अवार्ड टोयोटाको टुन्ड्रा, वेस्ट माइलेज पर ग्यालन अवार्ड फोर्डको माभेरिक हाइव्रिड, वेस्ट अफरोड ट्रक निसान फ्रन्टीयर, वेस्ट ट्रक टेक्नोलोजी टोयोटा टुन्ड्राले पाएको थियो । त्यस्तै वेस्ट ट्रक अफ दी एयरको अवार्ड भने फोर्डको माभिरीकले पाउन सफल भएको छ ।


Back_to_top