काठमाडौं । चांगनको पीकअप हन्टरको बुकिङ खुल्ला भएको छ । आधिकारीक वितरक एकएडब्लू वृद्धिले पहिलो ३० जना ग्राहकलाई स्पेशल छुट भन्दै ७५ लाख ५० हजार मूल्य निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो ।
कम्पनीले दिएको जानकारी अनुसार पहिलो ३० यूनिटपछि हन्टरको मूल्य बढ्ने छ । हन्टरमा १.९ लिटर टर्बो चार्ज्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १५० हर्सपावर र ३५० एनएम टर्क प्रदान गर्छ ।
एक टन पेलोड वजन उठाउन सक्ने हन्टर अटोमेटीक गियरबक्स जडान भएको पीकअप हो । अटोमेटीक गियरबक्स भएको कारण यसलाई चलाउन पनि निकै सहज हुन्छ ।
बाहिरी बनोट अनुसार अगाडिबाट हेर्दा ठूलो एसयूभी जस्तै देखिने हन्टरको भित्र क्याविन पनि एसयूभीकै जस्तै पाउन सकिन्छ । ड्यासबोर्डमा १० इन्चको एचडी इन्फोटेनमेन्ट सिस्टम, पुस बटम स्टार्ट/स्टप, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, इलेक्ट्रोनीक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । आरामदायी पावर अस्सिटेड सीट, दुई फार स्पोर्ट र इको ड्राइभिङ मोड यसमा दिइएको छ ।

