मासिक ६ हजार किस्तामा छानेर टीभीएसको मोटरसाइकल

काठमाडौं । टीभीएसले कम मासिक किस्तामा मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएको छ । टीभीएसको आधिकारिक विक्रेता जगदम्वा मार्टसले एक्सचेन्जमा पुरानो मोटरसाइकल नै डाउन पेमेन्ट गरेर कम मासिक किस्ता मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई अफर दिएको हो ।

यो अफरमा ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलको मूल्याङकबाट आउने रकमलाई नै डाउन पेमेन्ट निर्धारण गरेर नयाँ मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो योजनामा ग्राहकले मासिक किस्ता ५ हजार ९९९ रुपैयाँ मात्र किस्ता तिरे पुग्नेछ ।

यसका साथै यो योजनामा शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यो स्कीम टीभीएसको सबै मोटरसाइकल तथा स्कुटरमा लागु हुने कम्पनीले जनाएको छ । त्यसको लागि डाउन पेमेन्ट भने ५० प्रतिशत पुग्नु पर्ने हुन्छ ।

यो योजना सार्वजनिक गर्दै जगदम्वा मोटर्सका सीईओ दिपक अग्रवालले भने, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सहज बनाउनका लागि हामीले यो योजना ल्याएका हौं । हामी सदैव हाम्रा ग्राहकलाई राम्रो सुविधा दिनका लागि तयार छौं र आगामी दिनमा अझै उत्कृष्ट योजना लिएर आउने छौं ।’

यो योजना टीभीएसको नेपालभर रहेको आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Back_to_top