इलेक्ट्रीक क्रुजर मोटरसाइकल, फुल चार्जमा २५० किमि रेन्ज

भारतमा पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल यही हप्ता सार्वजनिक हुने भएको छ । कोमाकी रेन्जरको बारेमा केही समय अगाडि खुलासा गरेको थियो । अहिले सबै जानकारी सार्वजनिक गरेको हो ।

कोमाकी झट्ट हेर्दा बजाज एभेन्जर जस्तै देखिन्छ । यो एक क्रुजर डिजाइनमा तयार पारिएको इलेक्ट्रीक मोटरसाइकल हो । यो मोटरसाइकलमा चमकदार क्रोम प्रयोग गरिएको रेट्रो डिजाइन राउण्ड एलइडी हेडल्याम्प दिइएको छ ।

त्यसैगरी, यसमा ड्युलटोन गार्निस राउण्डसेप आक्सिलरी ल्याम्पको प्रयोग गरिएको छ । यसको साइड इन्डिकेटर समेत रेट्रो थिममा नै दिइएको छ ।

कोमाकी रेन्जरमा ४ किलोवाट क्षमताको ठूलो ब्याट्री प्याक र ५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कम्पनीले जनाएको छ ।

कम्पनीको दावी अनुसार यो मोटरसाइकल एक पटकको फुलचार्जमा २५० किलोमिटरसम्म गुडाउन मिल्छ । योसँगै यो मोटरसाइकल भारतमा बन्ने सबैभन्दा धेरै रेन्ज दिने पहिलो दुइपाङ्ग्रे सवारी भएको छ ।

कोमाकी रेन्जरमा वाइड ह्यान्डलवार, सिंगल पड इन्स्ट्रुमेन्ट क्लस्टर, फ्युल ट्याङकमा सानो डिस्प्ले दिइएको छ । यो क्रुजर डिजाइनमा निर्माण भएको कारण यसको सिट हाइट कम रहेको छ भने, पिलियन राइडरको आरामका लागि ब्याक रेस्टसेमत दिइएको छ ।

कोमाकी रेन्जरमा दिइएको दुई पेनियर बक्सका आधारमा यो मोटरसाइकल लामो यात्राको लागि समेत प्रयोग गर्न सकिने छ । त्यस्तै यसमा लेगगार्ड, एक्जष्ट, ब्ल्याक अलोय ह्वील जस्ता एलिमेन्टको प्रयोग गरिएको छ ।

कम्पनीले यसको मूल्य निकै राम्रो हुने जनाएको छ । कम्पनीका इलेक्ट्रीक डिभिजनका निर्देशक गुञ्जन मल्होत्राले यस मोटरसाइकललाई हरेक नागरिकले प्रयोग गर्न सक्ने बनाउनका कम्पनी तयार रहेको बताए ।


Back_to_top