काठमाडौं । सन् २०२२ को उत्कृष्ट इलेक्ट्रीक कारमा ४ मोडलको बीच कडा प्रतिस्पर्धा भइरहेको छ । सन् २०२१ र २०२२ को लागि प्रदान गरिने विभिन्न अवार्डमा फोर्ड, टेस्ला, हुन्डाई र कियाको इलेक्ट्रीक कारको बीचमा कडा प्रतिस्पर्धा भइरहेको छ ।
विशेषत क्रसओभर एसयूभी सेग्मेन्टमा उपलब्ध हुन्डाई आयोनीक, किया इभी ६, फोर्ड म्याक-ई र टेस्ला मोडल-वाईको बीच कडा प्रतिस्पर्धा हुने गरेको छ । केही दिनअघि जर्मनमा भएको उत्कृष्ट इलेक्ट्रीक कारको अवार्ड हुन्डाई आयोनीकले जितेको थियो ।
बेलायती अटो म्याग्जीन ह्वाटकार?ले दिएको ‘कार अफ दी इयर-२०२२’ अवार्ड किया इभी-६ ले जित्न सफल भएको छ । इभी-६ र आयोनीक-५ एउटै प्लेटफर्ममा तयार भएका क्रसओभर कार हुन् ।
इभी-६ लाई उत्कृष्ट अवार्डको अपाधि दिदै ह्वाटकार?का सम्पादक स्टीभ हन्टिङफोर्डले भने, ‘प्रयोगकर्ताबाट आएको उत्कृष्ट प्रतिक्रिया, अत्यन्त छोटो चार्जिङ अवधि र यसको टप स्पीड क्षमताको कारण यो कार निकै उत्कृष्ट रहेको छ ।’
कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले अबको केही महिना भित्रै इभी-६ नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । संभवत त अबको ४/५ महिना भित्रै इभी ६ नेपाल आउने छ ।

