स्पोर्टी मोटरसाइकल उत्पादन गर्र्दैआएको डुकाटी कम्पनीले बजारबाट सुपरस्पोर्ट एस र सुपरस्पोर्ट बाइक फिर्ता लिएको छ । यी मोडलमा अचानक आगो लाग्न थालेपछि कम्पनीले बाइक फिर्ता लिन थालेको हो । कम्पनीले अमेरिकन अटो बजारबाट मात्रै एक हजार चार सय ३१ युनिट्स मोडल फिर्ता लिएको छ । अमेरिकामा बाइकको समस्या आएको भन्दै कम्प्लेन आएपछि कम्पनीले बाइक फिर्ता लिने निर्णय कम्पनीले गरेको हो ।
बाइकमा देखिएको समस्याबारे कम्पनीले आधिकारीक धारणा व्यक्त गरेको छैन । तर, अमेरिकाको नेशनल हाई-वे ट्राफिक सेफ्टी एड्मिनिस्टेशनले बाइकमा देखिएको समस्याबारे पेपर वर्क पेश गरेको छ ।
भारतीय बजारबाट पनि कम्पनीले सुपरस्पोर्टस् एस र सुपरस्पोर्टस् बाइक फिर्ता लिने फैसला गरिसकेको छ । कम्पनीले कति युनिट फिर्ता लिने भन्नेबारे स्पष्ट खुलाएको छैन । बाइक रिटर्न लिनका लागि डुकाटी मिनिस्ट्री अफ रोड ट्रान्सपोर्ट एन्ड हाई-वे र सियामले जानकारी सङ्कलन गर्न थालेका छन् ।
बाइकको एक्जस्ट हाउजेज एकदम नजिक राखिएकाले गर्मीले पग्लिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । कम्पनीले बाइकको हाउजेजमा देखिएको समस्या यथाशक्य चाँडो समाधान गर्ने जनाएको छ ।
यूएस नेशनल हाई–वे ट्राफिक सेफ्टी एड्मिन्स्ट्रेनले अमेरिकामा डुकाटी कम्पनीद्वारा उत्पादित मोडल चलाउनेलाई निर्देशित गरिसकेको छ । एड्मिन्स्ट्रेनले बाइकबाट जलेको गन्ध आएमा तत्काल मोटरसाइकल चलाउन बन्द गर्न सूचनासमेत जारी गरेको छ ।

